Sagun Khabar
बैतडी घर भएका धामी डडेल्धुरामा सर्वोत्कृष्ट प्रहरी

 बैतडी –बैतडीको सिगास गाउँपालिका घर भई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उमेशकुमार धामी वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी बनेका छन् । 

लागुऔषध नियन्त्रणमा विशेष योगदान पु¥याएको र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले धामीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले संगठनको मर्म अनुसार उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै आएको छ । हरेक महिना गरेको कामका आधारमा सर्वोत्कृष्ट प्रहरी घोषित गर्ने गरिएको डिएसपी भट्टले बताए । 

नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुर दरबन्दी भएका धामी हाल अढाई वर्षदेखि डडेल्धुरामा कार्यरत छन् ।

बैतडीको सिगास गाउँपालिका–५ खैरकोट घर भएका धामीले पढाइमा स्नातक गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update