Sagun Khabar
अव्यवस्थित फोहोरले  बैतडीको मेलौली बजार दुर्गन्धित

बैतडी- अव्यवस्थित फोहोरले  बैतडीको मेलौली बजार दुर्गन्धित बनेको छ । नगरपालिका प्रवेशद्धार नजिकै रहेको बसपार्क फोहोरका कारण  कुरुप बनेको हो । जताततै फोहोर  थुपार्दा सास्ती भोग्नु परेको स्थानियहरुको भनाई छ ।  जथाभावि फोहोर फाल्दा नगर क्षेत्र कुरुप बन्दै गएको छ भने माहामारि फैलिने खतरा बढेको छ ।  

नगरपालिकाको फोहोर पनि सडक किनारमै फालिने गरेको नागकिहरुको  गुनासो  छ । सिसाका बोतल, प्लाष्टिक, लगायतका फोहोर जथाभावि फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय भागरथी चन्दले बताइन् । नगरपालिकासंग फोहोर व्यवस्थापनका लागि पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिरहेको उनको गुनासो छ । फोहोरले नाली र होमपाइपहरु जाम भएको उनले बताइन् ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई ताकेता गर्दा पनि वेवास्ता गरिएको गुनासो स्थानीयको छ । जथाभावि फालीएको फोहोरका व्यवसायमा समेत असर परेका व्यवसायी मोहन सिंह नेगिले बताए । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि निर्णय गरेको भएपनि फोहोर व्यवस्थापन गर्न सकेका छैन्न । डम्पीङका लागि ठाउँ  अभाव हुँदा व्यवस्थापनमा समस्या भएको   नगरपालिकाले जनाएको छ । फोहोर व्यवस्थापनका लागि पहल भैरहेको बताइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update