Sagun Khabar
बैतडीको डिलाशैनी ५ मा १ महिने बाँस निगालोको वस्तु उत्पादन तालिम

बैतडी– बैतडीको डिलाशैनीमा बाँस निगालोबाट बस्तु उत्पादन गर्न सिकाइदकै छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको सहयोगमा पालिकाको वडा नं ५ मा स्थानीय युवाहरुलाई  सीप सिकाउन १ महिने बाँस निगालोको बस्तु उत्पादन तालिम सुरु भएको  घरेलु तथा साना उद्योग कार्यालय बैतडीका उद्यम विकास सहजकर्ता हरिश जोशीले जानकारी दिए  । तालिममा   बाँस र निगालोका सामग्री बनाउन सिकाइने  उनले  बताए । 

बिहीवार   वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता एवं यज्ञ राज भट्टको उपस्थितिमा तालिमको उद्घाट गरिएको छ । जेठ ११ गते देखि  सञ्चालन भएको  तालिम असार ११ गते सम्पन्न हुने   बताइएको छ । युवायुवतीहरुलाई सीपसिकाएर आत्म निर्भर बनाउने उदेश्यले तालिमको  आयोजना गरिएको प्रवक्ता भट्टले  बताए    । 

युवायुवतीलाई सीपसिकाएर स्वरोजगार बनाउने हेतुले गाउँपालिकामा विभिन्न सीपमुलक तालिम सञ्चालन भएका छन् । हातेहोजियारी, सिलाई कटाई, लगायतका तालिम पनि डिलाशैनीमा सञ्चालनमा रहेका छन् । 
युवायुवतीले सिप सिकेपछि आयआर्जनमा सहज हुने अपेक्षा गरिएको छ  । तालिममा ११ जना सहभागि रहेका बताइएको  छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update