Sagun Khabar
प्रेस युनियन स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण 

बैतडी –नेपाल प्रेस युनियन स्थापना दिवसको अवसर पारेर बैतडीमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल प्रेस युनियन बैतडी शाखाले जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई शनिबार फलफूल वितरण गरेको हो । 

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको प्रेस युनियन बैतडीका अध्यक्ष भगीरथ अवस्थीले बताए । 

बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा प्रेस युनियनका पदाधिकारी, नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र चन्द,तरुण दल बैतडीका उपाध्यक्ष महेशदत्त भट्ट, नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष नरी बडू लगायतको सहभागिता रहेको थियो । 

फलफूल वितरण कार्यक्रमका लागि दशरथचन्द नगरपालिका १ मुस्याचोरस्थित होटेल जे एमले सहयोग गरेको थियो । 

लोकतन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको प्रेस युनियन स्थापना भएको ३२ बर्ष पूरा भएको अवसरमा बैतडीमा पनि स्थापना दिवस मनाइएको हो । नेपाल प्रेस युनियनले यो बर्षलाई प्रशिक्षण बर्षका रुपमा समेत घोषणा गरेको छ । 
Falful1685188500.jpg

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update