Sagun Khabar
जगन्नाथ क्याम्पसको स्ववियुले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझायो 

बैतडी– बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएको छ । स्वतन्त्र विद्यार्थी युनियनका सभापति धनी भट्टले क्याम्पसका विभिन्न समस्याहरु सहित समस्या समाधानका लागि मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । 

मुख्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा रहेका समस्या र समाधानका लागि पहलका लागि आग्रह गरिएको छ । 

मुख्यमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा क्याम्पसमा उचित पुस्तकालयको अभाव, खेलकुद मैदानको अपर्याप्तता, स्वतन्त्र विद्यार्थी युनियन कक्षको अभाव, नयाँ प्राविधिक कार्यक्रम नभएको, क्याम्पसको भौतिक संरचनाहरुको सुरक्षा व्यवस्था नभएको र क्याम्पसमा जनशक्तिको अभाव लगायतका कुराहरु उल्लेख गरिएको छ । 

क्याम्पसमा रहेका समस्या समाधानका लागि प्रदेश सरकारबाट उचित पहलको माग गर्दै ज्ञापन पत्र बुझाएको स्ववियु सभापति धनी भट्टले बताए ।

swbiyu 11685189986.jpg

swbiyu 21685189968.jpg 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update