Sagun Khabar
भारतमा दुर्घटना हुँदा बैतडीका विष्टको अवस्था गम्भीर, आर्थिक अभावले उपचारमा समस्या

बैतडी-बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ बाँसका हरिश विष्ट दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । भारतको हरीयाणा रोतकमा मोटरसाईकल दुर्घटनामा परेर विष्ट गम्भीर घाइते भएका हुन् ।

घाइते विष्टको टाउकोमा गम्भीर चोटका कारण अचेत अवस्थामा रहेका उनका भतिजा सुरेन्द्र  विष्टले जानकारी दिए ।  गत बैशाख २८ गते राति दुर्घटनामा  परेर काका घाइते भएको उनले बताए । कोठाबाट मार्केट गएका र फर्किने बेला उनी मोटरसाईकल दुर्घटनामा परि गम्भीर भएका बताइन्छ ।

पैँसा कमाएर आफ्नो परिवारको जीवन सुखमय बनाउने सपना बोकेर विष्ट दुई महिना पहिले मात्रै भारत गएका थिए । जहान परिवार पाल्न र घरखर्च चलाउन भारत गएका विष्ट अहिले बेहोस अवस्थामा अस्पतालमा छन् । घाइते विष्टको आर्थिक अभावले उपचारमा समस्या भएको छ । 

उनको हरीयाणा रोतकमा रहेको पिजीआई हस्पिटलमा उपचार भैरहेको छ । २० दिन देखि अचेत अवस्थामा रहेका विष्टको उपचारमा अहिले सम्म ३ लाख भारतीय रुपैँया खर्च भइसकेको जनाइएको छ ।  आर्थिक अभावले अब उपचारमा समस्या भएको घाइते विष्टका दाई धोजसिंह विष्टले बताए ।

आफुले  कमाएको र अन्य दाईभाईहरुले समेत सहयोग गरेर अहिले सम्म उपचार गराएपनि अब सारै समस्या भएको उनको भनाई छ । भाईको  उपचारमा आर्थिक अभाव  भएकाले सहयोग गर्न उनले सबैलाई अनुरोध गरेका छन् । 

 इच्छुक व्यक्तिले घाइतेका भतिजा सुरेन्द्र विष्टको  नाममा रहेको  बैतडीको  सतबाँझ स्थित नेपाल इन्भेष्टमेण्ट बैंकको खाता नम्बर ०६५०५०५०२६१७१५   मा र भारतका लागि करन सिंह भाटको नाममा रहेको भारतीय स्टेट बैंकको  खाता नम्बर ३९०८३४४२५७० मा सहयोग गर्न सक्ने छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update