Sagun Khabar
बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ पुग्यो 

बैतडी,६ वैशाख–
बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ पुगेको छ । पछिल्लो समयमा भारतबाट फर्केका नागरिकमा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

बैतडीमा अहिले सम्म ६९७ जनामा कोरोना संक्रमण देखिएकोमा २५ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । पीसीआर परीक्षणबाट ६६३ जनामा कोरोना संक्रमण देखिएको हो भने एन्टीजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । यस्तै पीसीआर र एन्टीजेन दुवै विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

 गएको चैत १० गतेदेखि सीमा नाका झुलाघाटमा एन्टीजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । पछिल्लो समयमा संक्रमित भएका मध्ये धेरै जसो दशरथचन्द नगरपालिकाका रहेका छन् । दशरथचन्द नगरपालिकामा २० जना सक्रिय संक्रमित रहेका छन् भने दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा २÷२ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै मेलौली नगरपालिकामा १ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपनि स्थानीय तहहरुले आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था नगर्दा संक्रमितहरु होम आइसोलेसनमा बसीरहेका छन् । यसले गर्दा कोरोनाको संक्रमण झन् बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

यसैबीच आइतबार थप एकजनामा कोरोना पुष्टि भएको छ । दोगडाकेदार गाउँपालिका २ का ५० बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update