Sagun Khabar
बैतडीको दुर्गाभवानी सडक सञ्जालमा जोडियो 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका वडा नं ३ दुर्गाभवानी सडक सञ्जालमा जोडिएको छ । जनप्रतिनिधि आउनुभन्दा पहिला सडकको पहुँच नभएको दुर्गाभवानीमा अहिले सडक सञ्जाल जोडिएको दशरथचन्द नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दामबहादुर क्षेत्रीले बताए । उनले भने ‘दुर्गाभवानी चारैतिरबाट सडक सञ्जालमा जोडिएको छ । गाउँमा सडक पुगेपछि स्थानीयहरु पनि खुसी भएका छन् ।’

छेला –दुर्गाभवानी सडक गाउँमा पुगिसकेको छ भने देहीमाण्डौं–हल्लेक–कुँडीभीटा सडक पनि गाउँमा पुगिसकेको छ । चालु आर्थिक बर्षमा संघीय समपुरक अनुदानबाट हल्लेक–कुँडीभीटा सडक चालु आर्थिक बर्षमा गाउँमा पुर्याइएको दशरथचन्द नगरपालिकाका इन्जिनियर जयसिंह बोहराले जानकारी दिए । उनले भने ‘वडा वडामा सडक पुर्याउने अभियान अन्तर्गत दुर्गाभवानीमा पनि सडक पुगेको छ । हामीले यो सडकलाई गुणस्तरीय काम गरेर गाउँमा पुर्याएका छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

९४ लाखमा रोयल निर्माण सेवा कम्पनीसंग सम्झौता गरेर सडकलाई गाउँमा पुर्याइएको हो । गाउँमा सडक पुगेपछि स्थानीयहरु पनि खुसी भएका छन् । गाउँमा उत्पादन भएको कृषि उपजलाई बजारमा पुर्याउन सजिलो भएको स्थानीय गीता क्षेत्रीले बताइन् । उनले भनिन् ‘कसैलाई सुत्केरी व्याथा लाग्दा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता थियो । अहिले गाउँमा सडक पुगेपछि निकै सजिलो भएको छ ।’

यस्तै छेलाबाट पनि दुर्गाभवानीमा सडक पुगेकाले सजिलो भएको उनले बताइन् । गाउँमा सडक पुगेसंगै स्थानीयहरुलाई समस्या परेका बेला आवतजावत गर्न निकै सहज भएको स्थानीय द्रोपती नाथले जानकारी दिइन् ।

चुनावका बेला वडामा सडक पुर्याउने आफ्नो प्रतिबद्धता पनि पूरा गरेको वडा अध्यक्ष क्षेत्रीले बताए । नागरिकका सामु गरिएको सडक पुर्याउने बाँचा आफूले पूरा गरेको उनले दाबी गरे । उनले भने ‘मैले चुनावको बेला नागरिकको सामु गरेको बाचा पूरा गरेको छु । सडक पुर्याउछु भनेको थिए । गाउँमा सडक पुर्याए ।’अब यो सडकलाई स्तरोन्नती गर्नका लागि पहल गर्ने वडा अध्यक्ष क्षेत्रीले बताए । 

स्थानीयहरुको मागमा आधारित रहेर दुर्गाभवानीमा सडक विस्तार गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । नगरपालिकाका सबै वडामा सडक विस्तार भईसकेको बताउँदै उनले अब सडक स्तरोन्नती तर्फ ध्यान दिने बताइन् । उनले भनिन् ‘सबै वडामा सडक पुगिसकेको छ । अबको काम भनेको सडकहरुलाई स्तरोन्नती गर्नु रहेको छ ।’
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update