बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकामा हाकिम हाजिर भएका छन् । गजेन्द्रप्रसाद थारु गाउँपालिकामा हाकिमको रुपमा हाजिर भएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ५ गते अधिकृत थारुलाई दोगडाकेदार गाउँपालिका खटाएको थियो ।
मन्त्रालयले हाकिमको रुपमा खटाएपछि उनि सोमबार देखि पालिकामा हाजिर भएका हुन् । सामान्य मन्त्रालयले दोगडाकेदार सहित पाँच पालिकामा प्रमुख प्रशासकिय अधिकृत खटाएको छ । जिल्लाको सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुशीलकुमार साह र पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उज्ज्वल आनन्दलाई खटाइएको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गजेन्द्रप्रसाद थारु र डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रंजय पटेललाई खटाइएको हो । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएपछि पालिकाहरुलाई काम गर्न सहज हुने अपेक्षा गरिएको छ ।




