Sagun Khabar
बैतडीमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार 

बैतडी –बैतडीमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका ६ की ४३ बर्षीया कलावती नाथको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

घाइते नाथलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक केसीले बताए । 

आज बिहान घाँस काटेर भारी उठाउने क्रममा विद्युतको हाइटेन्सनमा लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो । उनी करेन्ट लागेर गम्भीर घाइते भएकी छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update