बैतडी–सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टलाई गृह जिल्ला बैतडीमा स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक सोमबार गृह जिल्ला बैतडी पुगेका मन्त्री भट्टलाई स्वागत गरिएको हो ।
चार दिने भ्रमण कार्यक्रमसहित गृह जिल्ला पुगेका मन्त्री भट्टलाई स्वागत गरिएको नेपाली कांग्रेस बैतडीका कार्यबाहक सभापति बिरबहादुर बिष्टले बताए । जिल्लाको खोड्पे र पाटनमा मन्त्री भट्टलाई स्वागत गरिएको हो ।
मन्त्री भट्ट भोलि मणिलेक मावि काँडा मेलौलीको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । बुधबार मन्त्री भट्टले नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुसंग भेटघाट गर्नुका साथै सरकारी कार्यालयका प्रमुखहरुसंग छलफल र आवश्यक निर्देशन दिने कार्यतालिका रहेको कार्यबाहक सभापति बिष्टले बताए ।
मन्त्री भट्ट भदौ २२ गते धनगढी फर्कने कार्यक्रम रहेको छ । बैतडी प्रदेश सभा क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भट्ट गएको साउन १७ गते आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए ।




