बैतडी–बैतडीमा सोमबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध भएको छ । पानीसंगै आएको हावाहुरीले विद्युत लाइनमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
सोमबार पानीसंगै आएको हावाहुरीले विद्युत लाइनमा क्षति भएको र तर कुन ठाउँमा क्षति भएको हो एकीन हुन भने बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले बताए ।
बलाँचदेखि सञ्चालन हुने र डडेल्धुराबाट सञ्चालन हुने दुवै विद्युत लाइनमा समस्या रहेको उनले बताए ।
विद्युत लाइनमा देखिएको समस्या पत्ता लगाउन र समस्या समाधान गर्न प्राविधिक टोली खटिएको भट्टले जानकारी दिए । आज दिउँसो सम्म विद्युत सेवा सुचारु हुन सक्ने उनले बताए ।
विद्युत सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक समस्यामा परेका छन् ।




