Sagun Khabar
निजामति कर्मचारी युनियन स्थापना दिवस : बिरामीलाई फलफूल, अनाथ बालबालिकलाई लुगा वितरण 

बैतडी–नेपाल निजामति कर्मचारी युनियन स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बैतडीका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ भने विरेन्द्र मावि शाहीलेकमा अध्ययनरत १८ जना अनाथ बालबालिकाहरुलाई लुगा वितरण गरिएको छ । 

आज बिहान जिल्ला अस्पतालमा पुगेर निजामति कर्मचारी युनियन स्थापना दिवसको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल निजामति कर्मचारी युनियन बैतडीका अध्यक्ष नैनसिंह कार्कीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै विरेन्द्र मावि शाहीलेकमा अध्ययनरत १८ जना बालबालिकाहरुलाई एक÷एक जोर लुगा वितरण गरिएको अध्यक्ष कार्कीले बताए । 

फलफूल वितरण तथा लुगा वितरण कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य डम्मरसिंह थापा, नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्द, दशरथचन्द नगरपालिका वडा नं ५ का वडा अध्यक्ष केशवराज लेखक, वडा नं ६ का वडा अध्यक्ष महेन्द्रसिंह कार्की लगायतको सहभागिता रहेको थियो । 

निजामति कर्मचारीहरुको हकहितका लागि लामो समयदेखि काम गर्दै आएको युनियनले आज देशैभरी स्थापना दिवस मनाएको अध्यक्ष कार्कीले बताए । 

Falful1693889762.jpg

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update