Sagun Khabar
बैतडीको  सुर्नयामा भदौ २१ र २२ गते सार्वजनिक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको  सुर्नया  गाउँपालिकाले भदौ २१ र २२ गते सार्वजनिक  बिदा दिएको  छ ।  पालिकाले   गौरा पर्वको अवसरमा सार्वजनिक  बिदा  दिएको  हो   ।

पालिकामा  बसेको कार्यपालिका बैठकले  गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते बिदा दिने निर्णय गरेको अध्यक्ष  अम्मर बहादुर  कुँवरले जानकारी दिए ।  भदौ ७ गते गौरा नमनाएका ठाउँमा गौरा पर्व शुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ ।  

सोहि अवसरमा पालिकाले  बिदा दिएको हो । २१ र २२ गते  पालिका भित्रका सबै कार्यालय एवं संस्था बन्द रहने  सूचनामा उल्लेख गरिएको   छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update