Sagun Khabar
बैतडीको डिलाशैनीले पनि दियो भदौ २१ गते गौरा पर्वको बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले भदौ २१ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा भदौ २१ गते गौरा मनाउन लागिएकाले २१ गते पालिकाभरीका सबै सरकारी, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने गाउँपालिकाले मंगलबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

भदौ ७ गते गौरा नमनाएका ठाउँमा हिजोदेखि गौरा पर्व शुरु भएको छ । भदौ २१ गते गौरापर्वको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावाली परेकाले बिदा दिएको गाउँपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update