Sagun Khabar
माओवादीको बिशेष रुपान्तरण अभियान, सिगासका ३ वडामा कार्यक्रम सम्पन्न 

बैतडी–संगठन सुदृढीकरणका लागि नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने बिशेष रुपान्तरण अभियान अन्तर्गत सिगास गाउँपालिकाका ३ वडामा कार्यक्रम सम्पन्न भएको छ । 

सिगास गाउँपालिकाको वडा नं १, २ र ९ मा अभियान अन्तर्गत बैठक, भेला र छलफल गरिएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य कृष्णप्रसाद बडू(भाष्कर)ले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सिगासमा अभियान सञ्चालनका लागि नेकपा माओवादी केन्द्रका जिल्ला सचिव रमेश चन्द र प्रदेश कमिटि सदस्य बडू खटिएका छन् । 

जिल्लाका ८४ ओटै वडामा अभियान सञ्चालनमा रहेको उनले बताए । माओवादीको संगठन विस्तारका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला सचिव चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update