Sagun Khabar
बैतडीको दोगडाकेदारमा अवैध रुपमा सञ्चालित तीन मेडिकल सिल, एकजना पक्राउ 

बैतडी–बैतडीको दोगडाकेदारका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । मंगलबार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । स्वास्थ्य बिषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यो बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले मेडिकलहरुमा अनुगमन गरेको हो । मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि विक्रि गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएका स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update