Sagun Khabar
बैतडीको खोड्पेमा देउडा प्रतियोगिता हुने, प्रथम पुरस्कार १० हजार 

बैतडी- गौरा पर्वको अवसरमा बैतडीको खोड्पेमा  देउडा प्रतियोगिता हुने भएको छ । यहि भदौ  २६ गतेदेखि २८ गतेसम्म खोड्पे बजारमा संयुक्त महिला पुरुष देउडा प्रतियोगिता हुने भएको हो ।

पाटन नगरपालिका वडा नं ८ , खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजनामा  प्रतियोगिता हुन लागेको आयोजक समितिका सदस्य मोहन सिंह बिष्टले जानकारी दिए । देउडाको संरक्षण, संवर्द्धन, प्रवर्द्धनका साथै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको उनले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

 प्रतियोगितामा  उचित पुरस्कारको  समेत व्यवस्था गरिएको  छ । प्रतियोगितामा  प्रथम हुनेलाई  १० हजार नगदसहित प्रमाणपत्र, द्वितियलाई  ७ हजार नगदसहित प्रमाणपत्र, तृतीयलाई   ५ हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार  २ हजार नगदसहित प्रमाण प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा सहभागिताका लागि भदौ  २६ गते बिहान ७ बजेसम्म नाम दर्ता गराउनु पर्ने छ ।  देउडियाहरुले फोनबाट समेत नाम दर्ता गराउन सक्ने छन्  । 

375596648_3628657354077612_8338486702295954056_n1693972109.jpg

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update