Sagun Khabar
बैतडीको पाटन नगरपालिकाले दियो बिहीवार गौरा पर्वको बिदा 

बैतडी- बैतडीको पाटन नगरपालिकाले  गौरा पर्वको बिदा दिएको  छ ।  गौरा पर्वको अवसरमा नगरपालिकाले बिहीवार भदौ २१ गते एक दिन  बिदा दिएको हो ।

गौरा पर्वको  अवसरमा भोलि एक दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाका नगरप्रमुख गौरिसिंह रावलले जानकारी दिए ।  भोलि पाटन नगरपालिकाका वडा कार्यालयहरु, नगरपालिकामा रहेको अन्य सरकारी तथा गैह्र सरकारी कार्यालयहरु, शैक्षिक संस्थाहरु बन्द रहने  छन  ।  

स्वास्थ्य सन्देश
Atrya hospital

भदौ ७ गते गौरा नमनाएका ठाउँमा गौरा पर्वको रौनक शुरु भएको छ । .भदौ  ७ गते  गौरा पर्व नमनाएका ठाउँहरुमा पालिकाहरु अहिले  स्थानीय  बिदा दिइरहेका छन् ।  जिल्लाको दोगडाकेदार र सुर्नया गाउँपालिकाले २१ र २२ गते सार्वजनिक बिदा दिएको छ  भने डिलाशैनी गाउँपालिकाले  पनि २१ गते भोलि  बिदा दिएको  छ ।

७ गते   गौरा नमनाएका   ठाउँमा  भोलि मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली मनाइदै  छ ।  

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update