Sagun Khabar
बैतडीमा पनि मनाइयो मानव बेचबिखन विरुद्धको दिवस 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- मानव बेचबिखन विरुद्धको दिवस बैतडीमा पनि मनाइएको छ । जिल्ला समन्वय समितिको आयोजनामा १७ औँ मानव बेचविखन विरुद्धको  दिवस मनाइएको हो  ।  विभिन्न कार्यक्रम गरेर  जिल्लामा  दिवस  मनाईको  हो ।

 जिल्ला प्रशासन कार्यालयबाट  ¥याली निकालेर गोठलापानी बजारमा  कोणसभा गरिएको  थियो ।  कोणसभाको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले रोजगारीको प्रलोभन देखाउदैँ भारत लगायतका विभिन्न देशहरुमा मानव बेचबिखन गर्ने गरिएकाले यसलाई रोक्न जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए ।

 मानव अधिकारकर्मी सरस्वती नेपालीले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका व्यक्तिहरु बेचबिखनमा पर्ने गरेकोले उनिहरुको सशक्तिकरणमा सरकारले ध्यान दिनुपर्ने बताइन् । मानव बेचबिखन विरुद्धको जिल्ला समन्वय समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको  सहभागिता रहेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update