Sagun Khabar
गौराको मुख्य दिन आज ‘अठ्यावाली’,  सुदूरपश्चिममा  हर्षोल्लासका साथ मनाइँदै

बैतडी-  भदौ ७ गते  नमनाएका ठाउँमा  सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदैछ । हिजो गौराघरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर ब्रतालु महिलाहरुले पूजाआजा गर्ने गर्दछन् ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । ब्रतालु महिलाहरुले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले दिनभरी गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

ब्रतालु महिलाहरुले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रुपमा रहेको बिरुडाले आफन्त तथा मान्यजनहरुको टाउको पुज्ने चलन रही आएको छ । यस्तै गौरापर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ ।

यस्तै सामूहिक रुपमा देउडा खेल्ने चलन समेत रही आएको छ । पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update