Sagun Khabar
बैतडीका स्थानीय तहमा गौरा पर्वको बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीका स्थानीय तहहरुले गौरा पर्वको बिदा दिएका छन् । धेरै ठाउँमा भदौ  ७ गते  गौरा पर्व  मनाएपनि केहि ठाउँमा २१ गते  मनाइन लागिएकाले यहाँका स्थानीयतहरुले बिदा दिएका हुन् ।

गौरा पर्वको अवसरमा यहाँका गाउँपालिका र  नगरपालिकाहरुले स्थानीय  बिदा दिएका हुन् ।  गौरा पर्वको  अवसरमा कुनै पालिकाले  एक दिन बिदा दिएका छन् भने कुनैले दुई  दिन बिदा दिएका हुन् । जिल्लाको  दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र  डिलाशैनी गाउँपालिकाले  आज बिदा दिएको छ ।  

यस्तै जिल्लाको दोगडाकेदार र सुर्नया गाउँपालिकाले आज र भोलि  सार्वजनिक बिदा दिएको छ  । आज गौरा पर्वको   मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली मनाइँदै  छ । भदौ ७ गते  नमनाएका ठाउँमा सुदूरपश्चिमको मुख्य पर्व गौरा रौनक  छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update