Sagun Khabar
काँग्रेस नेता रिजाल   बैतडी आउँदै 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल बैतडी आउने भएका छन् । नेपाल तरुण दल बैतडीले बीपी जयन्तीको अवसरमा आयोजना गरेको प्रशिक्षण र वेभसाइट उद्घाटन कार्यक्रमको उद्घाटनका लागि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य  रिजाल बैतडी आउन लाग्नु भएको  हो ।

यही भदौ २४ गते परेको ११० औं बीपी जयन्तीको अवसरमा पाटनमा प्रशिक्षण र वेभसाइट उद्घाटन कार्यक्रम राखिएको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले जानकारी दिए । उक्त प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध सम्पूर्णलाई उपस्थितीका लागि अनुरोध पनि  गरिएको छ । तरुण दललाई डिजिटल मोडेलमा अगाडी बढाउनका लागी वेभसाइट सञ्चालन र प्रशिक्षणको आयोजना गरिएको कार्यवहाक अध्यक्ष भट्टले बताए । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update