Sagun Khabar
बैतडीको मेलौली १ मा  भोलि गौरा पर्वको  बिदा
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीको मेलौली नगरपालिकाको  एक वडाले भोलि गौराको  बिदा दिएको छ । वडा न १ ले भोलि २२ गते गौरा पर्वको  स्थानीय बिदा दिएको हो । धेरै ठाउँमा भदौ ७ गते गौरा पर्व मनाएपनि केहि ठाउँमा २१ र २२ गते मनाइन लागिएकाले स्थानीय बिदा दिइएको वडा वडा अध्यक्ष  सरद सिंह नेगीले जानकारी दिए ।

मेलौली १ स्थित मेलौली भगवती मन्दिरमा मेला लाग्ने  भएकाले एक दिन बिदा दिएको  उनले  बताए । गौरा पर्वको अवसरमा वडा कार्यालयले भदौ १९ गते पनि सार्वजनिक बिदा दिएको थियो । अहिले भदौ ७ गते नमनाएका ठाउँमा गौरा पर्वको  रौनक छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update