Sagun Khabar
चितुवाको आक्रमणबाट बैतडीमा  एक किशोरी  गम्भीर 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी  गम्भीर घाइते भएकी छिन् ।जिल्लाको पञ्चेश्वर  गाउँपालिका   वडा नं  ३ बगडीका जयराज लोहारकी १७ वर्षिया  छोरी पुजा लोहार चितुवाको आक्रमणबाट गम्भीर  घाइते  भएकी हुन ।

 घाइते  किशोरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी निरीक्षक  योगेश खत्रीले  जानकारी दिए ।   आज वडाकै  बगरेटी रोल भन्ने जंगलमा घाँस काट्न गएका बेला उनलाई चितुवाले  आक्रमण गरेको बताइएको  छ ।

चितुवाको आक्रमणबाट  गम्भीर  किशोरीको  केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा   उपचार भैरहेको प्रहरीले  बताएको  छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update