Sagun Khabar
बैतडीमा सबै मान्छे गौरा हेर्न गएकाबेला घरबाट सुन र नगद गायब
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा एक  घरबाट सुन र नगद चोरी भएको छ । जिल्लाको  दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको हो।

गएराति घरका मान्छे सबै गौरामा गएका बेला झ्याल फुटालेर चोरी भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।  चोरी गएराति भएपनि प्रहरीलाई आज मात्रै खबर भएकोले चोरी गर्ने व्यक्तीको पहिचान हुन सकेको छैन्।

चोरी गर्ने व्यक्तीको खोजी र घटनाबारे थप अनुसन्धान भैरहेको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update