Sagun Khabar
चितुवाको आक्रमणबाट घाइते किशोरी डडेल्धुरा रेफर 

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकि किशोरीलाई डडेल्धुरा रेफर गरिएको छ। जिल्लाको  पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लोहारलाई  आज मध्यान्न  चितुवाले आक्रमण गरेको  थियो ।

चितुवाको आक्रमणबाट घाइते  किशोरीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि डेल्धुरा  रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले  जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

 टाउकोमा चोटका कारण  सिटीस्क्यान   गर्न पर्ने भएकाले  डडेल्धुरा रेफर गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । घाइते पुजाको अवस्था खतरामुक्त रहेको पनि स्वास्थ्यकर्मीहरुले  बताएका छन् । पुजालाई आज मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको हो।

गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले बताए ।  चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेकाहरुले हो–हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको थियो ।

दिनदहाडै  चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय  डराएका   छन्। तल्लो स्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update