Sagun Khabar
बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरी धनगढी रेफर  

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट घाइते किशोरीको धनगढीमा  उपचार भैरहेको  छ। जिल्लाको  पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लोहारलाई थप उपचारका लागि डडेल्धुराबाट धनगढी रेफर गरिएको  जिल्ला प्रहरी कार्यालय  बैतडीले  जनाएको  छ ।

पुजालाई बिहीवार  मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमण पछि घाइते किशोरीलाई  उद्धार गरेर   मेलौलि स्थित केशपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याएर सामान्य उपचार पछि डडेल्धुरा रेफर गरिएको  थियो । टाउकोमा रगत जमेको र हड्डीमा पनि चोट पुगेकाले थप उपचारका लागि  धनगढी रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

स्वास्थ्य सन्देश
Atrya hospital

 उनको अहिले मायामेट्रो अस्पतालमा    आईसियूमा राखेर उपचार भईरहेको  छ । बिहीवार गाउँका चार÷पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेकाहरुले हो–हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको हो।

तल्लो स्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ ।दिनदहाडै फेरी चितुवाले  आक्रमण गर्न  थालेपछि नागरिकहरु डराएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update