Sagun Khabar
बैतडीमा पनि मनाइयो २० औं निजामती सेवा दिवस 

बैतडी- बैतडीमा पनि २० औं निजामती सेवा दिवस मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ जिल्लामा विभिन्न  कार्यक्रम गरी आज  निजामती सेवा दिवस मनाएको हो ।

जिल्ला प्रशासन कार्यालय र  कर्मचारी मिलन केन्द्र बैतडीको  आयोजनामा सरसफाइ, वृक्षारोपण, हाजिरीजवाफ र प्रभातफेरी लगायतका कार्यक्रम गरेर २० औं निजामती सेवा दिवस मनाइएको  जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनका अनुसार बिहीवार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई र स्वास्थ्य कार्यालय बैतडीको प्रांगणमा वृक्षारोपण गरिएको थियो । यस्तै कर्मचारी मिलन केन्द्र बैतडीको सयोगमा जिल्लास्थित बिरेन्द्र माविमा रहेको अनाथालयका विद्यार्थीहरूलाई २० थान टावेल र शैक्षिक सामग्री हस्तान्त्रण गरिएको  थियो । यस्तै  बिहीवारनै  सरसफाइ डिभिजन कार्यालय बैतडीको परिसरमा सरसफाइ सहित वृक्षारोपण गरिएको थियो ।

यस्तै आज जिल्ला प्रशासन कार्यालय बैतडीबाट गोठलापानी सम्म प्रभात फेरी सहित हजारीजवाफ प्रतियोगिता विभिन्न साँस्कृतिक कार्यक्रम गरेर निजामती सेवा दिवस मनाइएको  प्रशासनका सूचना अधिकारी बोहराले  बताए । कार्यक्रममा जिल्ला स्थित कार्यालयहरुका प्रमुख तथा कर्मचारीहरुको  सहभागिता रहेको थियो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update