Sagun Khabar
निजामती सेवा दिवसको अवसरमा बैतडीमा हाजिरीजवाफ प्रतियोगिता, पत्तालभुमेश्वर प्रथम 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- निजामती सेवा दिवसको अवसरमा बैतडीमा हाजिरीजवाफ प्रतियोगिता  गरिएको  छ । शुक्रबार  जिल्ला प्रशासन कार्यालय  बैतडीमा हाजिरीजवाफ प्रतियोगिता गरिएको  हो ।

 जिल्ला स्थित विभिन्न कार्यालयमा  कार्यरत कर्मचारीहरु सम्मेलित  नौ ओटा  समूह बनाएर  हाजिरीजवाफ प्रतियोगिता गरिएको सूचना अधिकारी  शंकर बहादुर  बोहराले  बताए । सो प्रतियोगितामा  पत्तालभुमेश्वर समूह प्रथम भएको  छ ।  यस्तै महाकाली समूह द्धितिय, ग्वालेक तृतिय र  निङ्गालशैनी समूहले  चौथो स्थान प्राप्त गरेको  हो ।

हाजिरीजवाफ प्रतियोगिता प्रथमलाई  ५ हजार १ सय सहित प्रमाणपत्र, द्धितियलाई ३ हजार  १सय सहित प्रमाणपत्र , तृतियलाई २ हजार  १ सय सहित प्रमाणपत्र  र सान्तोवना पुरस्कार  १ हजार  एक सय सहित प्रमाणपत्र प्रदान गरिएको सूचना अधिकारी बोहराले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update