बैतडीबाट कुनै पनि निजामती कर्मचारी पुरस्कृत भएनन्, प्रशासनमा उत्कृष्ट कर्मचारी भट्ट
बैतडी -निजामती सेवा दिवसको अवरसरमा बैतडीबाट कुनै पनि निजामती कर्मचारी पुरस्कृत भएका छैनन् । निजामती सेवा दिवसमा सुदूरपश्चिमका १७ जना कर्मचारी पुरस्कृत भएका बेला बैतडीका एक जना कर्मचारी पनि पुरस्कृत नभएका हुन् ।
बैतडीबाट कुनै पनि कर्मचारी पुरस्कृत नभएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले बताए । यता जिल्ला प्रशासन कार्यालयले भने कार्यालयमा उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई सम्मान गरेको छ ।
कार्यालयमा अनुशासित भएर उत्कृष्ट काम गर्ने कम्प्युटर अपरेटर सुरेन्द्र देब भट्टलाई प्रशासनले नगद पाँच हजार सहित सम्मान गरेको सूचना अधिकारी बोहराले बताए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८० १६:१७
प्रतिक्रिया दिनुहोस्




