पञ्चेश्वर विकास प्राधिकरणमा कर्मचारी खटाउने मन्त्रीपरिषदको निर्णय
बैतडी -पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट कर्मचारी खटाउने मन्त्रीपरिषदले निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको बताएकी हुन् ।
पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सहसचिव दीपक लामिछाने,कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानून पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय भएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० ०८:५५
प्रतिक्रिया दिनुहोस्




