करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी कलवातीलाई उपचारका लागि काठमाण्डौ लगियो
बैतडी- करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी कलवातीलाई काठमाण्डौ लगिएको छ । भदौ १८ गते करेन्ट लागेर घाइते भएकी जिल्लाको डिलाशैनी गाउँपालिका ६ की ४३ वर्षीया कलावती नाथलाई थप उपचारका लागि काठमाडौंमा लगिएको हो ।
भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइते भएकी कलावतीलाई सोही दिन नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि काठमाण्डौ रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योेगेश खत्रीले जानकारी दिए ।
अहिले उनको काठमाडौंको कीर्तिपुरमा रहेको वर्न हस्पिटलमा उपचार भैरहेको र अवस्था सुधारोन्मुख रहेको बताइएको छ । भदौ १८ गते बिहान घाँस काटन गएकी नाथ विद्युतको हाइटेन्सनमा लाइनलाई छुदा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० ०९:०५
प्रतिक्रिया दिनुहोस्




