आइतवार दिउँसो देखि अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु
बैतडी- आइतवार दिउँसो देखि अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु भएको छ । आइतवार दिउँसो देखि अबरुद्ध बनेको बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बझाङको झोताबाट लोडर मगाएर राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए । बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनेको थियो।
सडक अबरुद्ध बनेलगत्तै दुई वटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो। तर जेसीबीले ढुंगा फाल्न नसकेपछि झोताबाट लोडर मगार अहिले सडक सुचारु गरिएको प्रहरी निरीक्षक केसीले बताए । राममार्ग खुले संगै सवारी साधन सञ्चालन आएका छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० ११:०२
प्रतिक्रिया दिनुहोस्




