Sagun Khabar
बैतडी घर भएका कलौनीले दिलाए करातेमा नेपाललाई प्रथम स्थान
Atrya hospital

बैतडी -बैतडी घर भएका कलौनीले  करातेमा नेपाललाई प्रथम स्थान दिलाएका छन् ।   भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराते प्रतियोगितामा नेपाल पहिलो भएको छ । नेपाललाई प्रथम स्थान हासिल गराउन बैतडी घर भएका राजेन्द्र कलौनीले गोल्ड मेडल प्राप्त गरेका हुन् ।

 नेपालले बङ्लादेशलाई हराएर प्रथम भएको हो । प्रतियोगितामा बङ्गलादेश दोस्रो र भारत तेस्रो भएको छ ।  नेपाललाई गोल्ड मेडल दिलाउन सफल कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघ का बैतडीका अध्यक्ष समेत हुन।

जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित, भारत,बङ्गलादेश,भुटान र श्रीलंका सहभागी थिए । प्रतियोगितामा लाठी र कराते मात्रै रहेको थियो । लाठीमा भने भारतले पहिलो स्थान पाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update