Sagun Khabar
बैतडीमा एक विद्यालयको भवन पहिरोको जोखिममा 

बैतडी- बैतडीमा एक विद्यालयको भवन पहिरोको जोखिममा परेको छ ।  जिल्लाको पाटन नगरपालिका वडा नं  ४ कुणी कल्तडीमा रहेको नबदुर्गा आधारभूत विद्यालयको दुई कोठे भवन पहिरोको  जोखिममा परेको हो ।

अबिरल बर्षाका काराण  विद्यालको सुरक्षाका लागि लगाइएको पर्खाल भत्कीएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टले जानकारी दिए । पर्खाल भत्कीएर विद्यालयको भवन जोखिममा परेपछि समस्या भएको  उनले बताए ।

विद्यालयको पर्खाल भत्कीएर  भवन जोखिममा परेकाले  विद्यार्थी  डराएर  बस्न बाध्य छन् । कक्षा ८ सम्मको  पढाइ हुने नबदुर्गा  आधारभूत विद्यालयमा  १ सय ५० जना विद्यार्थी अध्यानरत रहेका बताइएको  छ ।

विद्यालय  भवन पहिरोको जोखिममा  परेकाले  पर्खाल निर्माणका लागि  सम्बन्धित निकायले ध्यान दिनु पर्ने  अभिभावकहरुको  माग  छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update