Sagun Khabar
शिशु कक्षादेखि ३ सम्मको अध्यापन समय समान बनाउन पाटन नगरपालिकाको आग्रह 

बैतडी –बैतडीको पाटन नगरपालिकाले प्रारम्भिक बाल कक्षा देखि कक्षा ३ सम्मको अध्ययन ÷अध्यापन समय समान बनाउन आग्रह गरेको छ । नगरपालिकाभित्र रहेका सबै विद्यालयमा प्रारम्भिक बाल कक्षादेखि कक्षा ३ सम्मको बार्षिक कार्यघण्टा ८३२ हुन आउने भएकाले सोही अनुसार समान समय निर्धारण गरि कार्यान्वयन गर्न आग्रह गरिएको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै प्रारम्भिक बालबलिकास तथा शिक्षाको पाठ्यक्रम २०७७ बमोजिम प्रारम्भिक बाल कक्षाको आधारभूत सीप सिकाइको क्षेत्रको वार्षिक कार्यघण्टा ३८४, विषयगत सीप सिकाइको क्षेत्रको वार्षिक कार्यघण्टा १९२ र स्थानीय विषयबस्तु अन्तरगत स्थानीय तहमा प्रचलित मनोरञ्जनात्मक चलन, खेल, बालगित, बिभिन्न कथा, चालचलनको भूमिका तथा अभिनय, आरामका अभ्यास तथा अन्य स्थानीय, प्रदेशका बिशिष्ट रोचक अभ्यास वा रोचक विषयक्षेत्र समेटी दैनिक एक कार्यघण्टाका दरले २५६ कार्यघण्टा गरी प्रारम्भिक बाल विकास तथा शिक्षाको जम्मा बार्षिक कार्यघण्टा ८३२ भएकोले प्रारम्भिक बाल कक्षा देखि कक्षा ३ सम्मको अध्यान÷अध्यापन समय समान बनाइ प्रारम्भिक बाल कक्षा शिक्षकलाई समेत सोही समयसम्म कामकाजमा खटाउन भनेको छ ।

प्रारम्भिक बाल कक्षाका शिक्षकहरुलाई सोही नियमानुसार खटाउन समेत नगरपालिकाले आग्रह गरेको छ । प्रारम्भिक बाल कक्षा शिक्षकहरु पूरा समय विद्यालयमा नबस्ने गरेको गुनासो आएकाले नगरपालिकाले पछिल्लो सूचना जारी गरेको हो । 

patan Notice Edicatio For Schoo1694430240.jpg

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update