Sagun Khabar
माओवादी बिशेष रुपान्तरण अभियान : बैतडीका वडाहरुमा बैठक र भेला 

बैतडी –तीन महिने बिशेष रुपान्तरण अभियानमा रहेको माओवादी केन्द्रले बैतडीका वडाहरुमा बैठक र भेलालाई तीव्रता दिएको छ । भदौ १६ गतेदेखि बिशेष रुपान्तरण अभियान चलाईरहेको माओवादी केन्द्रले बैतडीका ८४ ओटै वडामा अभियान सञ्चालनमा रहेको जनाएको छ । 

प्रत्येक पालिकामा टीम खटिएर अभियान अन्तर्गत बैठक र भेलाहरु भइरहेका माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य कृष्णप्रसाद बडू(भाष्कर)ले बताए । सिगास गाउँपालिकाका ९ वडा मध्ये ७ ओटा वडामा वडास्तरीय भेला र बैठक सम्पन्न भएका उनले बताए । 

पार्टी रुपान्तरण,संगठन विस्तार लगायतका लक्ष्यसहित अभियान सञ्चालनमा रहेको र वडास्तरीय बैठक र भेलाहरु भइरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक(पुकार)ले बताए । अभियानका क्रममा पार्टी सदस्यता वितरण र नवीकरणको काम समेत भइरहेको उनले बताए । 

बैतडीका १० ओटै पालिकामा इञ्चार्जहरु खटाएर अभियान सञ्चालनमा रहेको केन्द्रीय सदस्य धानुकले बताए । माओवादी पार्टीलाई नै रुपान्तरण गर्ने उद्देश्यसहित अभियान सञ्चालनमा रहेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update