बैतडी- बैतडीको डिलाशैनीमा तीज विशेष कार्यक्रमको तयारी तिब्र पारिएको छ । मठैराज सांस्कृतिक युवा क्लवको आयोजनामा भदौ ३१ गते देखि गाउँपालिकाको वडा नं ४ मठैराजमा हुने तीज विशेष सांस्कृतिक कार्यक्रमको तयारी तिब्र पारिएको हो ।
हरितालिका तीजको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको तयारी तिब्र पारिएको मठैराज साँस्कृतिक युवा क्लवका अध्यक्ष महेशराज पन्तले जानकारी दिए । स्थानीय कला संस्कृतिको जर्गेना गर्ने उदेश्यले २०७१ सालबाट निरन्तर जनचेतनामूलक र सांस्कृतिक कार्यक्रम गर्दै आएको मठैराज साँस्कृतिक युवाक्लवले अहिले तीज विशेष कार्यक्रम धुमधाम संग मनाउने तायरी गरेको उनले बताए ।
भदौ १४ गते बसेको क्लवको बैठकले यो वर्ष तिज विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरको उनले बताए हरितालिका तिजको दिन भव्य सांस्कृतिक कार्यक्रम हुने उनको भनाई छ । कार्यक्रममा मावि स्तरिय नृत्य प्रतियोगिता,जनचेतनामूलक सांगीतिक तथा सांस्कृतिक कार्यक्रम,मठैराज युवाक्लवको नृत्य,स्थानीय कलाकारको प्रस्तुति सहित छलिया, हुड्क्यौली , फाग, देउडा र ठाडो खेल खेलिने जनाइएको छ ।
भदौ३१ र असोज १ गते मठैराज बरमपूरमा हुने दुई दिवसिय सांस्कृतिक कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह पनि गरिएको छ ।




