Sagun Khabar
बैतडीमा नयाँ डीएसपी गिरी हाजिर
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा नयाँ प्रहरी नायब उपरीक्षक (डीएसपी) हाजिर  भएका छन् । बैतडी प्रहरी प्रमुखको रुपमा डिएसपी दिपक गिरी हाजिर भएका हुन् । निर्वतमान  प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको लागु औषध नियन्त्रण ब्युरो, मानव श्रोत व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएपछि  बैतडीमा नयाँ(डीएसपी)को  रुपमा  गिरी  हाजिर  भएका हुन् ।

  जिल्ला प्रहरी कार्यालय मुगुमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत गिरी  बैतडी प्रहरी प्रमुखको रुपमा सोमबार   देखि हाजिर  भएका   जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।   नयाँ (डीएसपी)को  रुपमा हाजिरभएका गिरिको बैतडीमा स्वागत गरिएको  छ ।

  प्रमुख जिल्ला अधिकारी  सुरेश पन्थी लगायतका जिल्ला स्थित कार्यालय प्रमुख तथा प्रतिनिधिहरुले   स्वागत गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update