Sagun Khabar
बैतडीमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते 

बैतडी –बैतडीमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तर्गत  बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेक नजिक मोटरसाइकल दुर्घटनामा परेको हो । 

न्वालीबाट सिल्लेगडातफै आउँदै गरेको से३ प ९४९७ नम्बरको मोटरसाइकल खोचलेकस्थित सनातन धर्म मावि नजिकै मंगलबार राति साढे ९ बजेतिर दुर्घटनामा परेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ४ का चालक विकीराम भुल र सोही ठाउँका विनोद भुल घाइते भएका छन् । उनीहरु दुवैजनाको खुट्टामा चोट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update