Sagun Khabar
बैतडी जिप दुर्घटना : घाइते बुवा–छोरीको धनगढीमा उपचार हुँदै (अपडेट)

बैतडी – बैतडीमा जिप दुर्घटनामा परेर घाइते भएका बुवा–छोरीको धनगढीमा उपचार भइरहेको छ । पाटन –पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिकाको अड्तोलामा मंगलबार राति साढे ९ बजे जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ का प्रकाश चाड र उनकी ५ वर्षीया छोरी अनुस्का चाड घाइते भएका थिए । 

घाइते प्रकाशको टाउकोमा चोट रहेकाले थप उपचारका लागि डडेल्धुरा अस्पतालले रेफर गरेपछि धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । अनुस्काको भने हातमा चोट रहेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जिप दुर्घटना परेको हो । जिपमा ११ जना सवार रहेका भएपनि अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । जिप सडकको नालीमा पल्टेको थियो । 

जिपका चालक शिवनाथ गाउँपालिका –२ का पदमराज कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनियन्त्रित भएर जिप दुर्घटनामा परेको र यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update