Sagun Khabar
बैतडीका सुरेन्द्र साउँद भारतको दिल्लीमा अस्ताए 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका बैतडीका एकजनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका –१ कुँड घर भएका अन्दाजी २८ बर्षीय सुरेन्द्र साउँदको मंगलबार निधन भएको उनका आफन्त समेत रहेका नेपाली कांग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए । 

गएको चार÷पाँच बर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउँदको हृदयघातका कारण निधन भएको चाडले बताए । परिवारसहित दिल्लीमा बस्दै आएका साउँदको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । 

मंगलबार एक्कासी ढलेका साउँदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक साउँदका एक छोरी र श्रीमति रहेका छन् । उनीहरु पनि दिल्लीमै रहेका बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update