Sagun Khabar
एमाले बैतडीका उपाध्यक्ष बमले जन्मदिनको अवसरमा पहिरो पीडितलाई सहयोग गरे 

बैतडी –नेकपा एमाले बैतडीका उपाध्यक्ष रमील बमले आफ्नो जन्मदिनको अवसरमा पहिरो पीडितलाई सहयोग गरेका छन् । गएको साउन ६ गते खसेको पहिरोले घरपरिवार विहिन भएका पुर्चौंडी नगरपालिका २ भैंरुका महेश जागरीलाई उनले ५ हजार सहयोग गरेका हुन् । 

पहिरोका कारण श्रीमति र छोरा गुमाएका जागरी अहिले आफ्नो ठूलोबुवाको घरमा बस्दै आएका छन् । जागरीको पुनस्र्थापनाका लागि सहयोग अभियान सञ्चालन भइरहेको र जन्मदिनको अवसर पारेर अभियानमा सहयोग गरेको उपाध्यक्ष बमले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पहिरोमा च्यापिएर जागरीकी श्रीमति अञ्जना जागरी र ६ बर्षीय छोरा रिजन जागरीको मृत्यु भएको थियो । पहिरोमा परेर महेश जागरीकी आमा रायमती जागरी र भाइ उमेश जागरी घाइते भएका थिए । 

पहिरो पीडित जागरीलाई अहिले पनि गास,बासकै समस्या भएकाले आफूले सानो सहयोग गरेको बमले बताए । यसअघि प्रवासी नेपालीहरुले संकलन गरेको १ लाख ६५ हजार सहयोग जागरीलाई हस्तान्तरण गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update