Sagun Khabar
भारतले आठाैँ पटक जित्याे एसिया कपकाे उपाधि

काठमाण्डाै – भारतले आठाैँ पटक एसिया कप क्रिकेटकाे उपाधि जितेकाे छ । काेलम्बाेमा भएकाे फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठाैँ पटक विजेता बनेकाे हाे ।

श्रीलङ्काले दिएकाे ५१ रनकाे झिनाे लक्ष्य भारतले ६ ओभर बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए ।

Atrya hospital

यसअघि काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयाे । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् ।

बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिए ।

भारत एसिया कपमा सर्वाधिक सफल टिममा पर्छ । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेकाे थियाे । यस्तै श्रीलङ्का ६ पटककाे विजेता हाे । श्रीलङ्काले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेकाे थियाे । यस्तै पाकिस्तानले सन् २००६ र २०१२ मा गरी २ पटक विजेता बनेकाे थियाे ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update