Sagun Khabar
कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरपुरका कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने गौरीगंगा नगरपालिका ७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको सोमवार मृत्यु भएको हो । 

साँझ सटर बन्द गर्ने क्रममा सटरमा बिद्युत चुहावट भएको कारण अचानक करेन्ट लागेर गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा धनगढी स्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update