Sagun Khabar
चार किलो चरेसहित बझाङका एकजना कैलालीमा पक्राउ 

कैलाली –चार किलो चरेससहित प्रहरीले बझाङका एक जनालाई कैलालीबाट पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले कैलालीको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित बझाङको सुर्मा घर भएर राजीपुर बस्ने ४४ वर्षीय सालिमान पुजारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर कार्कीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ बरामद गरिएको कार्कीले बताए ।

पुजारालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update