बैतडी – चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा बैतडीकी चन्द प्रथम भएकी छन् । काठमाण्डौँमा शनिबार सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा शिक्षा चन्दले प्रथम स्थान हासिल गरेकी हुन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउ घर भएकी चन्दले स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितामा शिक्षाले स्वर्ण पदक जितेकोमा पञ्चेश्वर गाउँपालिकाले बधाई समेत दिएको छ ।
शिक्षा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दकी भतिजी हुन् ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०८० ०७:३४
प्रतिक्रिया दिनुहोस्