Sagun Khabar
धनगढीका जेष्ठ नागरिक मुक्तिनाथ यात्रामा 

कैलाली –धनगढी उपमहानगरपालिकाले १ सय ९० जना जेष्ठ नागरिकलाई मुक्तिनाथ धामको यात्रामा पठाएको छ । यात्राका सहभागीलाई उपमहानगरपालिका कार्यालय प्रांगणबाट आइतबार दिउँसो पञ्चेबाजा बजाएर बिदाइ गरिएको छ । उपमहानगर प्रमुख गोपाल हमालले वृद्धवृद्धालाई लौरो दिँदै रामनामी ओढाएर बिदाइ गरे ।

उपमहानगरका १९ वटै वडाबाट ९÷९ जना वृद्धवृद्धा, चालु वर्ष अवकाश हुन लागेका नगरपालिका कर्मचारी, समाजमा योगदान पु¥याएका जेष्ठ नागरिकलाई मुक्तिनाथ धार्मिक यात्रामा सहभागी गराइएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यात्रा अवधि करिब एक साताको हुने छ । यात्राको सहजीकरणका लागि लक्ष्मीनारायण मन्दिर समिति प्रतिनिधि र नगरपालिकाका स्वास्थ्यकर्मीको ५ जनाको टोली पनि सँगै छ । उनीहरुले यात्राका सहभागीको हेरविचार गर्नेछन् । यात्रामा वृद्धवृद्धाको समान संख्यामा सहभागिता छ ।

यात्रामा सहभागीहरुले मुक्तिनाथको धार्मिक यात्रा गर्न पाएको खुसी व्यक्त गरेका छन् । उपमहानगरपालिकाले नै धार्मिक यात्रा गराएकाले उनीहरु खुसी भएका हुन् । 

उपमहानगर प्रमुख हमालले जेष्ठ नागरिकको खुसी र सम्मानका लागि धार्मिक यात्रा गराउने कार्यक्रमलाई निरन्तरता दिइएको बताए । हरेक बर्ष जेष्ठ नागरिकलाई उपमहानगरपालिकाले धार्मिक यात्रामा सहभागी गराउँदै आएको छ । 

गत वर्ष पनि उपमहानगरपालिकाले १ सय २२ जना जेष्ठ नागरिकलाई मुक्तिनाथको धार्मिक यात्रा गराएको थियो । उक्त यात्रामा करिब ८ लाख रुपैयाँ खर्च भएको थियो । यो वर्ष १० लाखको अनुमानित खर्च हुने प्रमुखको सचिवालयका कर्मचारी कृपा उपाध्यायले बताए । बर्सेनि गराइने धार्मिक यात्रामा एकपटक गएकालाई नदोहोरिने गरी सहभागी गराउने गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update