Sagun Khabar
धनगढीबाट मुक्तिनाथ तीर्थयात्रामा गएका दुई स्वयंसेवक नुहाउने क्रममा देवघाटमा बेपत्ता

कैलाली – धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका दुई जना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका छन् । 

बिहीबार साढेसात बजे कालीगण्डकी र त्रिशुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका हुन् । धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो । धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्रामा गएका भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन् ।

नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर दुबै जना बेपत्ता भएका भए पनि अन्य तिर्थालुहरू भने सकुशल रहेको बताइएको । पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएका हुन् । नदीमा बेपत्ता भएका दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update